घट्यो सुनको मूल्य, तोलाको १ लाख ३५ हजार ५ सय

काठमाडाैं | बैशाख ११, २०८१

घट्यो सुनको मूल्य, तोलाको १ लाख ३५ हजार ५ सय

काठमाडौँ:  आकासिएको सुनको मूल्य एकाएक घट्न थालेको छ ।

 

अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज (मंगलबार) थप २७ सय रुपैयाँले घट्दै १ लाख ३५ हजार ५ सय रुपैयाँमा झरेको हो । 

 

यस्तै आज तेजाबी सुनको मूल्य समेत आज तोलामा २७ सय रुपैयाँले नै घट्दै १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

 

यता चाँदीको मूल्य पनि आज तोलामा ४५ रुपैयाँले घट्दै १ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएको थियो । 

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्